भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था छैनः सांसद साउद


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले भारतको उर्जा मागलाई ध्यानमा राखी नेपालले विद्युत निर्यात रणनीति बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नीति संवाद कार्यक्रममा उनले भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था नरहेको बताएका हुन् ।

उनले भौगोलिक चुनौतीका कारण भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्न सम्भव नभएको प्रष्ट पारे । नेपालको जलस्रोतको अधिकतम मूल्य प्राप्तिका लागि अनुसन्धान र विश्लेषण अपरिहार्य भएको उनकाे भनाइ छ । नेपालको आफ्नै नीति र भौगोलिक समस्याको कारण विगतमा जलस्रोतको न्युनतम उपयोग गर्न पनि नसकेको टिप्पणी गरे।

 सांसद साउदले निजी क्षेत्रसँग सहकार्य गरेर जलस्रोतको अधिकतम उपयोग गरेर मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढ्न जरुरी रहेको बताए ।