काठमाडाैँकाे नागढुङ्गाबाट २१० ग्राम खैरो हेरोइनसहित युवक पक्राउ


काठमाडौँ । काठमाडौंको नागढुङ्गा चेकपोस्टमा प्रहरीले २१० ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार साउन २२ गते बिहान करिब ११ बजे काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र. ०१–०२ ख ०९४७ नम्बरको यात्रुवाहक बसलाई नागढुङ्गा चेकपोस्टमा प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरिएको हो।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले बसमा सवार झापा जिल्ला झापा गाउँपालिका–३ का २९ वर्षीय महमद नसिमलाई शंका लागी तलासी गर्दा, उनको झोलाभित्र प्लास्टिकमा बेरिएको अवस्थामा खैरो हेरोइन जस्तो देखिने २१० ग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थानकोटमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।