जलस्राेत विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित


काठमाडाैँ । जलस्राेत विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलश्रोत विधेयक, २०८१ लाई सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा उर्जा, जलस्राेत तथा सिंचाईमन्त्री दीपक खड्काले विधेयकलाई पारित गर्नका लागि प्रस्ताव गरे । प्रस्तावलाई सभाका सम्पूर्ण सदस्यहरुले सहमति जनाएका राष्ट्रिय सभा अध्यक्षले घोषणा गरे।

प्रस्ताव पारित हुनुअघि सभामा विधेयकबाट छलफल भएको थियो । छलफलको जवाफ दिँदै मन्त्री खड्काले अहिले विपद्ले मुलुकलाई पुगिरहेको क्षतिप्रति र यसबाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा परिमार्जित कानूनको आवश्यकता परेकाले विधेयक ल्याएको बताए ।उनले विधेयकले पूर्णता पाएको भन्दै अब सांसदहरूले सहमति जनाएकाे बताए ।