काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध सुरू गरिएको जनताको हस्ताक्षर अभियानमा ३२ लाखभन्दा बढी हस्ताक्षर संकलन भएको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार साउन २३ गतेसम्म उक्त अभियानमार्फत ३२ लाख ०६ हजार ६०८ जनाले हस्ताक्षर गरेका छन्।
यस्तै, सो अभियानका क्रममा आर्थिक सहयोग समेत प्राप्त भएको प्रवक्ता झाले जानकारी दिएका छन्। उनका अनुसार हालसम्म ६२ लाख १६ हजार ६६९ संकलन भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यस अभियानलाई सभापति लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधको विरोध स्वरूप सञ्चालन गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्