काठमाडाैँ । प्रतिनिधि सभाको अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि छलफल सुरू गरेको छ ।शुक्रवार सिंहदरबारमा बसेको बैठकले विधेयकका सम्बन्धमा विज्ञ र संशोधनकर्ता सांसदहरूसँग गरेको हो ।
बैठकमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकलाई छिटो टुंग्याउन समितिलाई आग्रह गरे। उनले विधेयकमा रहेका भाषागत त्रुटीहरूलाई सभामा पनि सच्याउन सकिने उल्लेख गर्दै विधेयकलाई निष्कर्षमा पुर्याउन उनले आग्रह गरे।
मन्त्री पौडेलले बसाईंसराईको भयावह अवस्था रोक्नको हिमाली तथा पहाडी विकट क्षेत्रमा ठूलो आयोजनाको लगानी गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
“विधेयकमाथि यो तहको छलफलबाट पनि केही भाषागत समस्या भएको रहेछ भनेपनि भोलि सच्याउँला । किनभने ढुंगाको अक्षर त होइन । संविधान त संशोेधन गर्न सकिन्छ भने कानून संशोधन गर्न नसकिने विषय रहेन । सकेसम्म यसलाई आजको हाम्रो चेतनाले र अनुभवको आधारमा यसलाई समृद्ध बनाऔँ भन्ने हाम्रो कोशिस हो,”उनले भने ।
वैकल्पिक विकास वित्तसम्बन्धी कानुन बनेपछि विकासका नवीन स्रोतहरूको परिचालन गर्न तथा यसको माध्यमबाट रोजगारी प्रवद्र्धन, दिगो आर्थिक विकास र दीर्घकालीन लगानी सुनिश्चित गर्न सहयोग पुग्ने अवेक्षा गरिएको छ ।
ऋणपत्र, स्वपुँजी कोष र अन्य वित्तीय उपकरणमार्फत वैकल्पिक विकास वित्त परिचालन गर्नको लागि आवश्यक भएकोले सरकारले यो विधेयक अगाडि बढाइएको हो ।
प्रतिक्रिया दिनुहोस्