इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा शहर र वरपरका क्षेत्रहरूको नियन्त्रण लिन सेनाको लागि प्रश्ताव गर्नुभएको योजनालाई अनुमोदन गरेको छ ।
नेतान्याहूको कार्यालयकाअनुसार इजरायल रक्षा बलले युद्ध क्षेत्र बाहिरका नागरिकहरूलाई मानवीय सहायता वितरण गर्दा कब्जाको लागि तयारी गर्नेछ । इजरायलको गाजा कब्जा योजनाले अन्तर्राष्ट्रिय समुदायबाट व्यापक आक्रोश व्यक्त भएको छ ।
युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले इजरायललाई निर्णय उल्टाउन आह्वान गरे । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्ने बताए ।
यो गैरकानूनी कब्जाको अन्त्य र दुई–राज्य समाधानको उपलब्धि बिना यो द्वन्द्वको कुनै दिगो समाधान नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्