काठमाडाैँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल-भारतबिचको खुला सीमाको दुरुपयोग हुनेगरी कुनै प्रकारको आतंकवादी गतिविधि हुनु नहुने बताएका छन् ।
आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आतंकवादलाई जन्मन दिनु नहुने भन्दै कहिले कहीँ राज्यले आतंक सिर्जना गर्ने गरेको बताएका हुन् ।
आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको उदाहरणहरू रहेको भन्दै आतंक सिर्जना गरिएको प्रमाण भएको बताए।
कुनैपनि नाममा गरिएको आतंकवादको समर्थन गर्न र राम्रो मान्न नसकिने उनको भनाइ छ । दक्षिण एशिया क्षेत्र भनेको आतंकवादी उत्पादन गर्ने क्षेत्र भएको उल्लेख गर्दै नेपालमा कुनैपनि प्रकारका आतंक हुन नहुने बताए ।
नेपाल-भारतबिचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध नभएको पनि बताए । पूर्वीय सभ्यता र दर्शनलाई दुनियाँले आत्मसाथ गर्न जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्