काठमाडाैं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले गाउँमा रहेको बाँझो खेतबारीलाई कसरी उर्वर गराउने भन्ने ठोस नीति सरकारले ल्याउनुपर्ने बताएका छन् ।
काठमाडाैंमा आयोजित एक कार्यक्रममा समस्या औल्याउने मात्रै नभई समाधानको उपाय खोज्न पनि विज्ञहरुलाई आग्रह गरेका हुन्। गाँउघरमा खेतबारी बाँझो छ, विद्यालयमा विद्यार्थी छैनन् भन्ने समस्या सबैलाई थाहा रहेको तर त्यसको समाधान कसरी गर्ने भन्ने सुझाव दिन विज्ञहरुसंँग आग्रह गरेका छन् । तीन वटै सरकारले समस्या समाधान गर्न आवश्यक रहेको बताए।
“हामीले अबका दिनहरुमा समस्या के छन् भन्ने कुराहरु करिब करिब बुझेका छौँ । समाधानका कुरा के हुन त ? अहिले पनि विद्यालयमा विद्यार्थी भएनन् भन्ने कुराहरु सबैबाट भनेका छौँ । किन भएनन् अलि अलि आएको छ तर गुदी कुरा त्यहाँ भित्र आएको छैन । खेतबारी बाँझा छन् भन्ने कुरा आएको छ, त्यो बाँझोलाई के गर्ने भन्ने ठोस आउनुपर्यो,” उनले भने, “समस्या त जहिले पनि जसले पनि ल्याउन सक्या छ तर समाधानको लागी यी यी कुराहरु अब हामीले गर्नुपर्ने, अब स्थानीय सरकार वा पालिकाहरुले गर्नुपर्ने के हो ? कसरी गर्ने ? त्यहाँ दिशानिर्देश भो भने उहाँहरुलाई पनि धेरै ठूलो फिडब्याक हुन्छ र भोलीका योजनाहरुमा त्यो समेट्न सक्नुहुन्छ ।
हाल गाउँमा विकास भएपनि त्यसको उपभोग गर्ने मान्छे नभएको बताए। गाउँमा विकास पुगेपनि मान्छेहरु भने शहर केन्द्रित भएको उनको भनाई छ । सरकारले गाउँमै फर्काउने र सुविधाको उपयोग गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए ।
“अहिले त के देशव्यापी रुपमा के भएको भने विकास गाँउमा गएको छ मान्छे शहरतिर गएको छ, विदेशतिर गएको छ । पहिला फेरि विकास शहरमा थियो, मान्छे हामी गाउँमा भरिभराउ थियौँ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्