भूमि विधेयकः जग्गाको स्वामित्व नपाउँदै डिपिआर बुझाउनुपर्ने व्यवस्था गर्न खोजिएको भन्दै सांसद बलायरको आपत्ति


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले भूमिसम्बन्धी विधेयकको भाषा अस्पष्ट भएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतवारको विधेयकमाथिको दफावार छलफलमा बोल्दै सांसद बलायरले विधेयकका कतिपय प्रावधानमा घुमाउरो भाषा रहेको भन्दै  सबैले बुझ्ने गरी स्पष्ट र सरल भाषामा लेख्न जरुरी रहेको बताएका हुन्।

उनले विधेयकको भाषामा स्पष्टता नहुँदा कानूनी दुविधा उत्पन्न हुने चिन्ता व्यक्त गरे। उन घरजग्गा व्यवसायीले हदबन्दीभन्दा बढी जग्गा लिन पाउने र जग्गा नपाइकनै डिजाइन तथा निर्माण योजना र पर्यावरणीय प्रभाव मूल्याङ्कन बुझाउनुपर्ने प्रावधान स्पष्ट नरहेको भन्दै आपत्ति जनाए । उनले जग्गाको स्वामित्व पाएपछि मात्रै डिपिआर तयार गर्नेगरी भाषागत सुधार गर्न माग गरे । 

घुमाउरो भाषाका कारण भविष्यमा कानूनको दुरुपयोग हुनसक्नेतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराए ।