नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोणलाई बदल्नुपर्ने आवश्यकता रहकाे बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले गरेको योगदानलाई आम जनतामाझ सकरात्मक रुपमा लैजानुपर्ने बताएका हुन् । हाल जनताप्रति निजी क्षेत्रको छाप राम्रो नभएको बताउदैँ जनताको धारणा निजी क्षेत्रप्रति सकरात्मक नभएसम्म रोजगारी सिर्जना गर्ने, राजश्व बढाउने कुरा असम्भव रहेको ढकालले बताए ।
“जबसम्म आम मानिसको निजी क्षेत्रप्रति जुन छाप परेको छ । निजी क्षेत्रले गरेको जुन योगदान छ, त्यसलाई सकरात्मक हिसावले जबसम्म आममानिसमा त्यो म्यासेज दिन सक्दैनौँ, उनीहरुको धाराण बनाउन सक्दैनौ तबसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुराहरु, पूर्वाधार बढाउने कुराहरु असम्भव छ,” उनले भने ।
सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण भने पछिल्लो समय फेरिँदै गएको उनको भनाइ छ । सरकारले केही कानूनहरुलाई संशोधन गरेर निजी क्षेत्रमैत्री बनाएको पनि ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस्