गत आर्थिक वर्षमा निर्जीवन बिमा कम्पनीहरूको बिमा शुल्क संकलन ४३ अर्ब ९५ करोड, कुनको कति ?


काठमाडौँ । गत आर्थिक वर्ष २०८१/०८२ मा निर्जीवन बिमा कम्पनीहरूले करिब ४४अर्ब रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १४ ओटा निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्षमा कुल २८ लाख ६४ हजार ९४५ ओटा बिमालेख जारी गरी कुल ४३ अर्ब ९५ करोड ८७ लाख ३३ हजार रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् ।

सो अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ५ अर्ब २० लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ३१ करोड २ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

यता आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ८६ करोड ५७ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड १८ लाख रुपैँया संकलन गरेको छ । त्यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब १० करोड ४ लाख रुपैयाँ संकलन गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ६ करोड ४८ संकलन गर्दा आोरिएन्टल इन्स्योरेन्स कम्पनीले २ अर्ब ७० करोड ४८ रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छन् ।

त्यस्तै सानिमा जिआईसी इन्स्योरेन्सले २ अर्ब ७० करोड ३२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड ७४ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड ९३ लाख, राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ३७ करोड ९२ लाख र नेशनल इन्स्योरेन्सले १ अर्ब ६ करोड १६ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।