काठमाडौँ । वैदेशिक रोजगारी बिमा व्यवसायबाट जीवन बिमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब रुपैँयाभन्दा बढी बिमाशुल्क आर्जन गरेका छन्।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ११ ओटा जीवन बिमा कम्पनी र ३ ओटा लघु जीवन बिमा कम्पनीले २५ लाख ८६ हजार ३१३ ओटा वैदेशिक रोजगार बिमालेख बिक्री गरी कुल ३ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका हुन्।
जसमध्ये सन नेपाल लाइफले १ अर्ब ३ करोड ९६ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ। एसियन लाइफले १ अर्ब ५ करोड ५४ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ। त्यसपछि नेपाल लाइफले २४ करोड ७८ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ।
त्यस्तै आइएमई लाइफले २४ करोड ९८ लाख संकलन गर्दा नेसनल लाइफले २४ करोड ७८ लाख रुपैयाँ संकलन गरेको छ ।
त्यसैगरि सानिमा रिलायन्स लाइफले १७ करोड ३८ लाख, रिलायबल नेपाल लाइफले ११ करोड ४१ लाख, सूर्यज्योति लाइफले ११ करोड ७० लाख, सिटिजन लाइफले १७ करोड २१ लाख, प्रभु महालक्ष्मी लाइफले १४ करोड ६९ लाख र हिमालयन लाइफले १ करोड ५ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्।
यता लघु जीवन बिमा कम्पनीहरू मध्ये लिबर्टी माइक्रो लाइफले २ करोड ६७ लाख , गार्डियन माइक्रो लाइफले ४१ लाख ४० हजार र क्रेस्ट माइक्रो लाइफले १ करोड ९९ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्