काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गरेका छन् ।
राष्ट्रिय सभाको सोमवारको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले विदेशमा बसेका गोरखाका छोराछोरीले उतैको परिचयपत्र लिएपछि नेपालमा नागरिकता नपाउँदा सम्पती उपभोग गर्न पाउने अधिकार गुम्ने सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ सरकार सचेत रहन आवश्यक रहेको बताए । उनले नागरिकताको दुरुपयोग बढ्नसक्नेतर्फ संकेत गर्दै वंशजको नागरिकतालाई लचिलो बनाउन नहुने बताए ।
उनले लैङ्गिक समावेशीकरणको आधारमा नागरिकतासम्बन्धी विधेयक ल्याउनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्