काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यक रहेको बताएकी छन् ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कृषि क्षेत्रलाई दिगो बनाउन तीन आधारस्तम्भहरुः राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता, सामुहिक सवमत्वि हुन आवश्यक रहेको बताइन् । यसलाई आधार बनाएर प्राथमिकताको आधारमा पारम्परिक खेती प्रणालीको विकास गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘नवप्रवर्तन र शिक्षाको उपयोग गरी कृषि क्षेत्रमा दीर्घकालीन सुदृढता कायम राख्न नवप्रवद्र्धन र शिक्षा अनिवार्य छ । हाल ग्रामिण क्षेत्रमध्ये पाँच प्रतिशत भन्दा कमले मात्रै औपचारिक कृषि तालिम पाएका छन् । यद्यपि युवा बेरोजगारी दर १९ प्रतिशत भन्दा माथि छ । यसले गर्दा हामीले केही कार्यहरुमा थप प्राथमिकता दिनुपर्नेछ । व्यवसायिकता तथा कृषि शिक्षा अवसरमा विस्तार गर्नुपर्छ ।
सौर्य सिंचाई प्रणाली छ, जसले परीक्षण क्षेत्रमा उत्पादन क्षमता २० प्रतिशतसम्म बढाएको भन्दै उनले यस्त नविनतम कार्यको लागि थप सहयोग गर्नुपर्नेमा जोज दिइन् ।
सभापति थापाले नेपालको संसदले समावेशी र किसानमैत्री कानून निर्माणमा महत्वपूर्ण भुमिका खेलेको बताइन् । कृषिलाई पोषण र सार्वजनिक स्वास्थ्यसँग जोड्न आवश्यक रहेको भन्दै अहिले पनि नेपालमा पाँच वर्ष मुनिका ३६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिने गरेको जानकारी गराईन् ।
प्रतिक्रिया दिनुहोस्