काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले भिजिट भिसा दुरुपयोग प्रकरणको छानविनका लागि संसदले पहल नगरेको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले सरकारको भिजिट सिभा प्रकरणको छानविन रोक्ने सरकारको नियतलाई सघाउने काम संसदबाट समेत भइरहेको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारीको समेत संलग्नता रहेको उल्लेख गर्दे उनले उक्त प्रकरणको स्वतन्त्र छानविनका लागि सदनले कुनै पहल नगर्नु दुःखद् भएको बताइन् ।
उनले सरकारले भिजिट भिसा प्रकरणको छानविन गर्नुको सट्टा कुन गृह मन्त्रालयको पालामा कति जना गए भनेर तथ्य मोड्न लागेको आरोप लगाइन्। भिजिट भिसा प्रकरणको छानविनको माग गर्दै प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि आफ्नो कुरा राखेर संसद बहिस्कार गर्दै बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्