घट्यो नेप्से, खुम्चियो कारोबार रकम


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह मध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १२ ओटाको सेयरमूल्य घटेको छ ।

मंगलबार नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ७७ लाख ५५ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा सिटी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै, सिकलेस हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३२३ कम्पनीको एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।