काठमाडौँ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिन्छ ।
आज दिउँसो देशभर पुर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राती गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा पुर्णतया बदली रही बाँकी भूभागमा साधारणतया बदली रहनेछ ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभाग, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भूभागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्