काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको आरोपको खण्डन गर्दै न्यायालयको निर्णयमा सरकारको कुनै भुमिका नभएको स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभामो बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सहकारीमा लाखौं जनताले गरेको बचत हिनामिना गर्ने मुद्दामा सयौं व्यक्तिमाथि कारबाही भइरहेको भन्दै न्याय प्रणालीमा सरकारको कुनै भुमिका नरहेको स्पष्ट पारे ।
उनले एउटा व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको हो भने अरूमाथि के भइरहेको हो ? भन्दै प्रश्न समेत गरे । उनले लामिछानेलाई लक्षित गर्दै भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूसँग समयले जवाफ माग्ने समेत टिप्पणी गरे ।
उनले संसद बहिष्कार गर्ने तथा देशलाई भावनात्मक तथा हानिकारक उत्तेजनामा लैजानु अनुचित नभएको उल्लेख गर्दै अदालतको निर्णमा सरकारको हात नरहेको दोहोर्याए ।
प्रधानमन्त्री ओलीले मुलुकको बिग्रिएको अर्थतन्त्रलाई सुधार गर्नको लागि संसदका दुई ठूला दलहरुको समिकरणमा सरकार गठन गरिएको समेत बताए । हाल विपक्षमा रहेका दलहरूलाई स्थिरता अप्रिय लागेको उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्