काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलल विवादित विधेयकहरू संसदमा नल्याउन सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
भूमि विधेयक, मिडिया काउन्सिल विधेयक, संघीय निजामति विधेयक तथा मुलुकी संहितासम्बन्धी विधेयक विवादास्पद रहेको उल्लेख गर्दै यस्ता प्रस्तावले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि षड्यन्त्र हुने उनको भनाइ छ ।
उनले सहिदको बलिदानबाट प्राप्त व्यवस्थामाथि छलछाम र षड्यन्त्र गर्न नहुने भन्दै राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयकमा फोन, म्यासेज र संवाद ट्यापिङको व्यवस्था नागरिकको गोपनीयतामाथि गम्भीर आघात हुने बताए । उनले कानून निर्माणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्