एक वर्षे कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको छः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेपछिको एक वर्षमा तीन दर्जन ऐन, कानूनहरू संशोधन भएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै उनले यसले देशमा सुशासन प्रवद्र्धन गर्न, सेवा प्रवाहलाई सरल बनाउन, लगानीमैत्री वातावरण वनाउन र वैदेशिक लगानी आकर्षित गर्न ठूलो काम गरेको बताएका हुन् ।

आर्थिक क्षेत्रमा उत्साहजनक नतिजाहरु ल्याएको प्रधानमन्त्रीको दाबी छ । यो कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको बताए । अर्थतन्त्र पनि ४ खर्ब रुपैयाँले विस्तार भएको बताए । गतवर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र रहेको बताए। सरकारको कार्यकालको पहिलो ११ महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेको बताए ।

प्रधानमन्त्री ओलीले पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको र जनसङ्ख्याको करिब४८ प्रतिशत बीमाको दायरामा आएकोे बताए।