काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह मध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ ओटाको सेयरमूल्य घटेको छ ।
बुधबार बलेफी हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ३४ करोड ११ लाख २१ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ५.७४ प्रतिशतले बढेको छ ।
कुल ३२१ कम्पनीको एक करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्