बिहीबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य एक सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ९६ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार एक सय रूपैयाँले बढेर एक लाख ९६ हजार ८०० रूपैयाँ कायम भएको हो ।

चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेर २ हजार ३४० रूपैयाँमा कारोबार भइरहेको छ ।