काठमाडौँ। आर्थिक वर्ष २०८१ ८२ मा नेपाल बैंकको नाफा १३१७५.८८ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ३ अर्ब ७७ करोड ३० लाख हजार रूपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०८० ८१ मा बैंकले २ करोड ८४ लाख २० हजार रूपैयाँमात्र नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकले १० अर्ब ८ करोड ७१ लाख ५२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको संचालन नाफा ५ अर्ब ४१ करोड ५८ लाख ८६ हजार रूपैयाँ रहेको छ । बैंकको संचालन नाफा ६९२.४३ प्रतिशतले बढेको हो ।
बैंकको इम्पेयरमेन्ट चार्ज ७६.१२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४ अर्ब ७५ करोड ५२ लाख ५८ हजार रूपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत आर्थिक वर्षमा एक अर्ब १३ करोड ५५ लाख ९७ हजार रूपैयाँ कायम भएको छ ।
बैंकको निक्षेप १७.२९ प्रतिशतले बढेर ३ खर्ब ३२ अर्ब २ करोड १० लाख ४७ हजार रूपैयाँ रहेको छ भने कर्जा लगानी १३.८९ प्रतिशतले बढेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ ।
बैंकको खराब कर्जा बढेर४.४७ प्रतिशत कायम भएको छ अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा ४.३३ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्