काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि धानको न्यूनतम समर्थन मूल्य ताेकेकाे छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मोटा धानको प्रति क्विन्टल मूल्य रु. ३ हजार ४६३.८१ र मध्यम धानको मूल्य रु.३ हजार ६२८.३३ तोकिएको जनाएको छ।
मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। यस निर्णयअनुसार किसानहरूले धान बिक्री गर्दा न्यूनतम मूल्यको ग्यारेन्टी पाउनेछन्।
सरकारको उक्त कदम किसानलाई उचित मूल्य सुनिश्चित गर्दै उत्पादन प्रोत्साहन गर्ने उद्देश्यले गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्