सरकारद्वारा राष्ट्रिय एआई नीति २०८२ स्वीकृत


काठमाडौँ । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे बिहीवार पत्रकार सम्मेलनमा जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त नीति स्वीकृत भएको बताए।

मन्त्री गुरुङका अनुसार बैठकले सार्वजनिक पूर्वाधारको सञ्चालन तथा मर्मतका लागि सेवाप्रदायकमार्फत खरिद गर्न निर्देशिका पनि स्वीकृत गरेको छ।

यस्तै, दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर ९करीब १ अर्ब २५ करोड रुपैयाँ० अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।