रास्वपाको आरोपः रविको निवेदन छानबिनका लागि न्याय परिषद्मा परेको उजुरी गृहमन्त्रीको कार्यकक्षमा लेखियो


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले न्यायालयमाथि हस्तक्षेप गरेको गम्भीर आरोप लगाएकी छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले गृहमन्त्री लेखकले न्यायालयमा हस्तक्षेप गर्न खोजेकोबारे पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले सार्वजनिक अभिव्यक्ति दिइसकेको उल्लेख गरिन्।

उनले रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको मुद्दा पेशी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा न्यया परिषद्मा परेको उजुरी तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको समाचार सार्वजनिक भएको उल्लेख गरिन् । डा. कार्कीले न्याय परिषद्मा उजुरी दर्ता भएपछि स्वतन्त्र न्यायको सम्भावनाबारे प्रश्न उठाइन् ।

उनले गृहमन्त्री लेखकका आफ्नै मानकले पनि उहाँमा नैतिकता जाग्न नसकेको बताइन्।