सरकारले तोक्यो नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर,कुन गाडीको कति ?


काठमाडौँ। सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनहरूको उपभोग दस्तुर तोकेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त दस्तुर निर्धारण गरेको हो।

निर्धारित अनुसार कार र भ्यानका लागि काठमाडौँ आउँदा रु. ६५ र फर्किँदा रु. ६० दस्तुर लाग्नेछ। मिनीबस र ट्रकको लागि काठमाडौँ आउँदा रु. ११५ र फर्किँदा रु. ८० तोकिएको छ। ठूलो बस र ट्रकको लागि काठमाडौँ आउँदा रु.२६० र फर्किँदा रु. २०० दस्तुर लाग्ने व्यवस्था गरिएको छ।

सुरुङमार्गमा भारी उपकरण प्रयोग गर्ने सवारी साधनहरूका लागि आउँदा रु.६०० र फर्किँदा रु. २५० दस्तुर लागू हुनेछ ।