काठमाडौँ । २२ वर्षअघि श्रीमान् ज्योति नकर्मीको प्रेरणा र सहयोगमा एउटा सानो कोठाबाट सुरू भएको जुलीज केक्स एन्ड पेस्ट्रिज आज एक सफल ब्रान्डको रूपमा स्थापित भएको छ।
जुली प्रधानाङ्गले सुरू गरेको यो घरेलु उद्योग अहिले व्यावसायिक रूपमा विस्तार हुँदै, दर्जनौं जनालाई रोजगारी दिएको छ।
सुरूमा श्रीमान्–श्रीमती र चार जना कामदारबाट सञ्चालन भएको यो व्यवसायले अहिले ग्राहकको भरोसा र गुणस्तरीय उत्पादनमार्फत बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ। जुली प्रधानाङ्गले भनिन्, “ग्राहकको रोजाइअनुसार गुणस्तरीय उत्पादन दिन पाउँदा मलाई धेरै सन्तुष्टि मिल्छ। ग्राहकको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता हो।”
उनले थपिन्, “बजारमा खुलेका बेकरी र केक पसलको गुणस्तर, मूल्य र सरसफाइमा सरकारी अनुगमन र निगरानी भएमा उपभोक्ताले स्वस्थकर उत्पादन पाउनेछन्।” जुलीका अनुसार ठूला होटलका महँगा उत्पादन सबै वर्गका नेपालीको पहुँचमा नहुने भएकाले सुलभ मूल्यमा गुणस्तरीय उत्पादन उपलब्ध गराउनु आफ्नो ब्रान्डको विशेषता हो।
जुलीज केक्स एन्ड पेस्ट्रिजको मुख्य आउटलेट कुपण्डोलमा राम्रैसँग सञ्चालन भइरहेको छ। यद्यपि काठमाडौँ, भक्तपुर र ललितपुरबाट माग बढेपछि खोलिएको लैनचौर शाखा कोरोना महामारीका कारण बन्द गर्नु परेको थियो। तर, ग्राहकको बढ्दो माग र बजार विस्तारलाई ध्यानमा राख्दै हालै तेस्रो शाखा इमाडोलमा सञ्चालनमा आएको छ, जसबाट ताजा र छिटो सेवा दिन सकिन्छ।
होम डेलिभरीको सुविधा भए तापनि धेरै ग्राहक पसलमै आएर अर्डर गर्न रुचाउँछन्, जसले व्यवसायलाई थप व्यवस्थित बनाउन मद्दत पुर्याउँछ। जुली प्रधानाङ्ग आफ्नो व्यवसायमा दक्ष जनशक्ति, नयाँ प्रविधि र पर्याप्त प्राविधिक ज्ञानको साथ अगाडि बढिरहेकी छन्।
साथै, फुडमाण्डु, मुन्चा, ठमेल डटकम जस्ता प्लेटफर्मसँगको साझेदारीमार्फत बिक्री वितरण गर्दै आएको यो ब्रान्डले अब इ–कमर्स क्षेत्रतर्फ पनि विस्तार गर्ने योजना बनाएको छ।
प्रतिक्रिया दिनुहोस्