काठमाडाैँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते हुने भएको छ ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराएका हुन् ।
उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ११ मा रहेका सदस्यहरूले मात्रै प्रश्न सोध्न पाउने बताए ।
प्रश्न सोध्न भदौ १ गते आइतवार दिनको १ बजेभित्र प्रतिनिधि सभाका सचिव समक्ष आफ्नो प्रश्न लिखित रूपमा दिनसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्