काठमाडौँ । इजी रेमिट र नियो मनी ट्रान्सफरले छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा प्रदानको लागि भुक्तानी सम्झौता गरेका छन् ।
यो सम्झौतासँगै इजी रेमिटको माध्यमबाट नियो मनि ट्रान्सफरमार्फत नेपालका कुनैपनि बैंक खाता वा भुक्तानी सेवा प्रदायकका वालेटमा रेमिट्यान्स् पठाउन सकिन्छ । यसका साथै नियो मनि ट्रान्सफरका स्थानीय एजेन्टहरुबाट समेत रकम प्राप्त गर्न सकिने जनाइएको छ ।
यस साझेदारीले इजी रेममटको ठूलो विश्वव्यापी सञ्जाल र नियो मनी ट्रान्सफरको नेपालभर फैलिएको बलियो सञ्जालले रेमिट्यान्स् भुक्तानीलाई अझ सहज र सरल बनाउने अपेक्षा गरिएको छ ।
“इजी रेमिटसँग मिलेर अझ राम्रो रेमिट्यान्स सेवा दिन पाउनु हाम्रो लागि सम्मानको कुरा हो,” नियो मनी ट्रान्सफर सिईओ सागर खनालले भने,“हाम्रो संयुक्त प्रयासले पैसाको लेनदेनलाई छिटो र भरपर्दो बनाउँछ । यसरी औपचारिक माध्यमको प्रयोगलाई बढावा दिएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ भन्ने विश्वास छ ।”
प्रतिक्रिया दिनुहोस्