नबिल म्युचुअल फण्ड अन्तर्गतको ‘एनआई ३१ ’ योजनामा आजदेखि आवेदन खुल्यो


काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना ‘एनआई ३१ ’ को इकाई बिक्री आजदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ ।

नबिल बैंक कोष प्रवद्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड ५० लाख इकाइको बिक्री आवेदन खुला गरिएको हो ।

जसमध्ये १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने १ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणहरुमा १ करोड १२ लाख ५० हजार इकाई निष्कासन गरिएको हो ।

यसपश्चात योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरिदबिक्रीको लागि खुला गरिनेछ । यो योजना खुलामुखी योजना भएकाले निरन्तर चलिरहनेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा २५ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु ९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो योजनाको इकाईमा लगानीकर्ताले बन्द छिटोमा भदौ ३ गते र ढिलोमा भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इनभेष्टमेन्ट बैंकिङ रहेको छ।