काठमाडौँ । नेपाल बैंकर्स एसोसिएसन (एनबिए) र भिसाबिच सम्झौता भएको छ ।
नेपालमा वित्तीय क्षेत्र भित्र साइबर सुरक्षा जागरूकता र क्षमता निर्माण गर्ने उद्देश्यले कार्यक्रम र गतिविधिहरूको श्रृंखला सञ्चालन गर्न सम्झौता गरिएको जनाइएको छ ।
एनबिए र भिसाले साइबर सुरक्षामा ध्यान केन्द्रित गर्दै यसको साक्षरता फैलाउन प्रयास जारी राखेका छन्। यस संयुक्त पहलले सातै प्रदेशमा सम्बन्धित सरोकारवालाहरूसँग अन्तरक्रिया तथा प्रादेशिक गतिविधिहरू गर्ने जनाइएको छ।
मुख्यतया, साझेदारीले नेपालभरका सबै प्रदेशहरूमा साइबर सुरक्षा कार्यक्रम सञ्चालनमा केन्द्रित हुने उल्लेख गरिएको छ।
यी गतिविधिहरूको अतिरिक्त, साझेदारीले भिसाका अधिकारीहरू र बैंकहरूका अधिकारीहरू अन्तरक्रियात्मक सत्र सञ्चालन गर्ने जनाइएको छ ।
एनबिए र भिसाको साझेदारीले नेपालमा भुक्तानी इकोसिस्टमलाई थप सहयोग र निर्माण गर्न मद्दत गर्नेछ भन्ने विश्वास गरिएको छ ।
साइबर सुरक्षा सम्बन्धी मामिलाहरूमा जागरूकता ल्याउने, क्षमता विकास गर्न अन्तर्राष्ट्रिय अनुभवबाट पनि सिक्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्