काठमाडौँ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले ७१ अर्ब १८ करोड ४४ लाख ९० हजार रूपैयाँ बराबर खुद नाफा आर्जन गरेका छन् ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा आर्थिक वर्ष २०८०/८१ को तुलनामा करिब ४४ प्रतिशतले बढी हो अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरूले ४९ अर्ब ५४ करोड ५४ लाख ५९ हजार रूपैयाँ बराबर नाफा आर्जन गरेका थिए ।
यो अवधिमा १६ ओटा वाणिज्य बैंकहरूले नाफा कमाउँदा ४ ओटा वाणिज्य बैंकहरूको नाफा घटेको छ । एन आई सी एशिया बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्याण्डर्ड चार्टड बैंक र नेपाल एसबिआई बैंकको नाफा घटेको हो ।
एन आई सी एशिया बैंकको नाफा ७६.९७ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा ७० करोड १४ लाख ९७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको यस बैंकले आर्थिक वर्ष २०८१/८२ मा १६ करोड १५ लाख ७३ हजार रूपैयाँमात्र खुद नाफा कमाएको छ ।
स्ट्याण्डर्ड चार्टड बैंकले आर्थिकह वर्ष २०८१/८२ मा ३ अर्ब २ करोड ९३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको खुद नाफा ७.५१ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०८०/८१ मा बैंकले ३ अर्ब २७ करोड ५२ लाख ६८ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
नेपाल एसबिआई गत वर्ष बैंकले एक अर्ब ८० करोड २५ लाख ८० हजार रूपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ९९ करोड ९७ लाख रूपैयाँ खुद नाफा कमाएको बैंकको गत आर्थिक वर्षमा भने खुद नाफा ९.८६ प्रतिशतले घटेको हो ।
सिटिजन्स बैंकको नाफा पनि २.०८ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब २९ करोड ३३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ३२ करोड ७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा कुमारी बैंकको नाफा ४५ हजार ८२१ प्रतिशतले बढेको छ भने नेपाल बैंकको नाफा १३ हजार १७५ प्रतिशतले बढेको हो ।
कुमारी बैंकले आर्थिक वर्ष २०८०/८१ मा ४६ लाख ८ हजार रूपैयाँमात्र नाफा आर्जन गरेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ११ करोड ६० लाख रूपैयााँ नाफा कमाएको छ । नेपाल बैंकले पनि २०८०/८१ मा २ करोड ८४ लाख रूपैयाँमात्र नाफा आर्जन गरेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ७७ करोड ३० लाख रूपैयाँ नाफा आर्जन गरको छ ।
प्रभु बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ४४ करोड२६ लाख रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ९६५.४१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा ५१ करोड ८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।
माछापुच्छ«े बैंकको खुद नाफा ९२.४५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा बैंकले २ अर्ब १ करोड १४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा एक अर्ब ४ करोड ५१ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६४.४४ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ६ अर्ब ७५ करोड ६६ लाख रूपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब १० करोड ८८ लाख रूपैयाँ नाफा कमाएको थियो ।
गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड ६७ लाख रूपैयाँ नाफा कमाएको छ । यो अवधिमा बैंकको खुद नाफा ४९.५३ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५५ करोड २४ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।
कृषि विकास बैंकको नाफा ४८.८८ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८२ करोड ८५ लाख रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड १५ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।
हिमालयन बैंकले गत अर्थिक वर्षमा एक अर्ब ५१ करोड २५ लाख रूपैयाँ नाफा कमाएको छ । यो अवधिमा बैंकको नाफा २२.१५ प्रतिशतले बढेको हो । बैंकले अघिल्लो आर्थिक वर्षमा एक अर्ब २३ करोड ८३ लाख रूपैयाँ नाफा कमाएको थियो ।
एनएमबि बैंकको नाफा ४६.२२ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड १७ लाख रूपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब २४ करोड ४३ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।
सानिमा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड ११ लाख रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा ७.२५ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ३९ करोड ७४ लाख रूपैयाँ नाफा कमाएको थियो ।
सिद्धार्थ बैंकको नाफा १०.२४ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ३९ करोड ५२ लाख रूपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ८ करोड रूपैयाँ नाफा कमाएको थियो ।
लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ११ करोड ६९ लाख रूपैयाँ नाफा कमाएको छ । यो अवधिमा बैंकको नाफा ४०.९७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९२ करोड ३ लाख रूपैयाँ नाफा कमाएको थियो ।
प्राइम कर्मशियल बैंकको नाफा १४.७२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा बैंकले ४ अर्ब २ करोड ४४ लाख रूपैयाँ नाफा आर्जन गरको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ५० करोड ७८ लाख रूपैयाँ नाफा कमाएको थियो ।
एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख रूपैयाँ नाफा कमाएको छ । यो अवधिमा बैंकको नाफा ३२.८१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख रूपैयाँ नाफा कमाएको थियो ।
नबिल बैंकले गत आर्थिक वर्षमा ७ अर्ब १२ करोड ७५ लाख रूपैयाँ नाफा आर्जन गरको छ । यो अवधिमा बैंकको नाफा १५.०१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।
ग्लोबल आइएमई बैंकको नाफा १.१० प्रतिशतले मात्र बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब १३ करोड ७४ लाख रूपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षमा बैंकले ६ अर्ब २० करोड ४७ लाख रूपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिक्रिया दिनुहोस्