राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश


काठमाडाैँ । ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१)’ राष्ट्रिय सभामा पेश गरिएको छ ।

शुक्रवारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सो प्रतिवेदन पेश गरेका हुन्।

संवैधानिक आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुसार सो वार्षिक प्रतिवेदन पनि पेश गरिएको हो ।