मनसुनको अवस्था कमजोर, यी प्रदेशहरूमा मध्यम वर्षाको सम्भावना


काठमाडौँ । आगामी २४ घण्टासम्म देशका विभिन्न भू-भागमा आंशिकदेखि साधारण बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू(भागमा दिउँसो साधारणतया बदली रहने छ भने अन्य भागमा आंशिक बदली रहने देखिएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा, साथै अन्य प्रदेशका पहाडी भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमानमा उल्लेख छ । तराईका एक-दुई स्थानमा पनि वर्षा हुने संभावना छ ।

आज राति कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भू-भागमा साधारणतया बदली रहने विभागले जनाएको छ । बाँकी भू(भाग भने आंशिक बदली हुने देखिएको छ ।

यस अवधिमा कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू-भागका केही क्षेत्रमा मध्यम वर्षा पर्न सक्ने अनुमान गरिएको छ ।