काठमाडौँ । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले शुक्रबार दिउँसो करिब ४ः१५ बजे बुटवलबाट पोखरा तर्फ जाँदै गरेको बा.२ ख. २९४२ नम्बरको हाइस रोकी चेकजाँच गर्दा बिना बिलका सामान फेला परेको हो ।
प्रहरीका अनुसार हाइसबाट अन्दाजी एक लाख ६० हजार ७८९ रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बरामद गरिएको छ । बरामद गरिएका सामग्रीमा ठुलो ह्यान्डल १३ पिस, छिस्किनी १६ पिस, मिडियम ह्यान्डल ७ पिस, चुकुल ४ पिस, डोर स्टेपर १० पिस, सानो ह्यान्डल ४ पिस, ठुलो धारा ६ पिस, सानो धारा ९ पिस, ट्वाइलेट स्प्रे २ पिस, वेसन फिल्टर ५ पिस, कुर्था सुरुवाल २१ पिस तथा डोर मेसिन ६ पिस रहेका छन् ।
उक्त सामान बरामद गरी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्