नेपालको समृद्धिको दिगो आधार पर्यटन होः महासचिव पोखरेल


काठमाडाैँ। नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपालको समृद्धिको दिगो आधार पर्यटन क्षेत्र रहेको बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोध गर्दै उनले नेपालको समृद्धिको आधार पर्यटन रहेको बुझेर संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी रहेको बताएका हुन् । उनले कुनैपनि मुलुकको विकासका लागि जनताको जीवनस्तर माथि उठाउनुपर्ने बताए ।

उनले अभाव र गरिबीको बिचमा रहेर सम्पदा क्षेत्रहरूको आकर्षण वृद्धि गर्न नसकिने बताए । उनले नेपालमा जनताको स्तर माथि उकास्ने कुरा भनेको कृषिको रूपान्तरण नै रहेको जिकिर गरे । 

महासचिव पोखरेलले नपालको पर्यटनको केन्द्रबिन्दु कर्णाली प्रदेश हुने बताए । उनले लुम्बिनी क्षेत्रलाई डिप्लोमेसीको सन्दर्भम नयाँ आयामका रुपबाट जोड्न सक्नुपर्ने बताए ।