काठमाडाैँ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तनका असरले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको बताएकी छन् ।
सोमवार काठमाडौँमा हिन्दुकुश हिमालय संसदीय बैठकमा बोल्दै उनले २१ औं शताब्दीमा जलवायु परिवर्तनका कारणले मानव सभ्यता र समस्त पृथ्वीका प्राकृतिक श्रोतमाथि दुष्प्रभाव स्पारिरहेको जिकिर गरेकी हुन्।
जलवायु परिवर्तन मानव जातिको अस्तित्वका लागि ठूलो संकट बनेको जिकिर गरिन्। आजको विश्वमा बैले कुनै न कुनै मात्रामा जलवायु परिवर्तनका असर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भोगिरहेको बताइन् ।
जलवायु परिवर्तनले पार्ने विभिन्न खाले साना तथा ठूला जोखिमका सामना गर्नका लागि सरकार तथा अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रयासहरू गरिरहेको भएपनि पर्याप्त नभएको जिकिर गरिन् । हिन्दुकुष हिमालय क्षेत्रको जैविक विविधता संकटमा परिरहेको उल्लेख गरिन् ।
सभापति थापाले हिन्दुकुष हिमालय मुलुकका बिचमा सामुहिक कार्य र ऐक्यवद्धता हुन जरुरी रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्