औद्योगिक कच्चा पदार्थको रूपमा प्रति पटक पाँच लाख अमेरिकी डलरसम्मको चाँदी आयात गर्न सकिने


काठमाडौँ । सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदी आयात गर्दा प्रति पटक पाँच लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक पाँच लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा पाउने भएका हुन् ।

अन्य सुनचाँदी व्यवसायीले चांदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्त्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा पाउने छन् ।