ट्रिनिटी मार्केटिङ एण्ड इभेन्ट म्यानेजमेन्ट र ओ सी एस बिजनेस सोलुसनको संयुक्त आयोजनामा भदौ ६ गते निभिया महिला विशेष तीज मेला २०८२ हुने


काठमाडौँ । ट्रिनिटी मार्केटिङ एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लि. र ओ सी एस बिजनेस सोलुसन प्रा. लि. को संयुक्त आयोजनामा भदौ ६ गते, शुक्रबार राजधानीको नयाँबानेश्वर स्थित अर्पण ब्याङ्क्वेटमा निभिया महिला विशेष तीज मेला २०८२ हुने भएको छ । बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने यस मेलामा विविध सांस्कृतिक, मनोरञ्जनात्मक र जनचेतनामूलक कार्यक्रमहरू रहनेछन् ।

मेलाको मुख्य आकर्षणमा तीज नृत्य कार्यक्रम, डीजे संगीत, चर्चित कलाकारहरूको दमदार प्रस्तुति, समाज डेण्टलद्वारा निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर, फायर एण्ड रेस्क्यू एकेडेमी नेपालद्वारा किचेनमा अग्नि सुरक्षा सम्बन्धी सचेतना, स्किन केयर सम्बन्धि चेतना मूलक कार्यक्रम, विश्वको प्रथम प्राकृतिक दुखाई विशेषज्ञबाट निःशुल्क परामर्श, विभिन्न उत्पादनहरूको प्रदर्शनी तथा बम्पर लक्की ड्र रहेका छन् । साथै, मेलामा १५ वटा स्टलमार्फत विभिन्न उत्पादन र सामग्रीहरूको प्रदर्शनी र बिक्री गरिनेछ ।

कार्यक्रममा लोकप्रिय गायिका शशी पुन मगर र गायक रबि रिमालले आकर्षक प्रस्तुति दिनेछन् भने दिनभर कार्यक्रम सञ्चालन सञ्चालिका शितल शर्माले गर्नेछिन् ।

मेलालाई निभियाले मुख्य प्रायोजक तथा Kiyana Ornaments ले सह–प्रायोजक गरेका छन् । यस्तै, कार्यक्रमलाई समर्थन गर्ने संस्थाहरूमा Kiwanis Club of Marigold, WEAN, Sunbeam, Hotel Blueberry, सुस्वास्थ्य हस्पिटल, समाज डेण्टल, Kiwanis Club of Dhaulagiri, Kiwanis Club of Tahakhel, Lalitpur, Fire And Rescue Academy Nepal, Mission NEPAL Holidays,आरोध्य मालिस तेल, जेसीज धापासी, Purna Water रहेका छन् ।