काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/ ८२ को लागि १२ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि उक्त लाभांश दिने घोषणा गरेको हो ।
उक्त बैठकले उक्त आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ४१ करोड ५७ लाखको १२.६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
यसका साथै बैठकले लाभांशसहित प्रस्ताव आगामी साधारण सभासमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।
कुल लाभांशमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत नगद लाभांश रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्