भदौ ११ गतेदेखि आइपिओ निष्काशन गर्दै बन्दिपुर केबलकार


काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यही यही भदौ ११ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आम सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार १९ गते अनुमति पाएको थियो ।

कम्पनीले जारीपूँजीको २ प्रतिशत अर्थात रु. १०० अंकित दरका ५ लाख ६६ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र (तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु,आँवुखैरेनी गाउँपालिकाका सबै वडा,भानु नगरपालिका वडा न. १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा न. ७) का स्थानिय बासिन्दाका लागि छुट्याएको छ ।

त्यस्तै सर्वसाधारणका लागि छुट्टाइएको ५२ लाख ९४ हजार सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको थियो ।

उक्त आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरु तथा मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

उक्त आइपिओमा लगानीकर्ताले छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले पहिलो चरणअन्तर्गत गत साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरी बाँडफाँड सम्पन्न भइसकेको छ ।

उक्त आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट केयर एनपी डबल बी इस्योर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व समयमै बहन गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।