यस्ताे देखियाे १७औँ संस्करणको ‘नाडा अटो साे २०२५’ काे पहिलाे दिन (फोटो फिचर)


काठमाडौँ । आजदेखि १७औँ संस्करणको ‘नाडा अटो शो २०२४’ भृकुटीमण्डपमा सुरू भएको छ । भदाै ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भुकुटीमण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा चल्ने १७ औं संस्करणको नाडा अटो साे काे उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

प्रधानमन्त्री ओलीद्वारा पहिलाे चीनको चांगन अटोमोबाइलको सब ब्रान्ड डीपलले बनाएको अटोनोमस फ्लाइङ कार सार्वजनिक गरेका छन् ।

साेमा चारपांग्रे, दुईपांग्रे तथा हल्का व्यावसायिक सवारी साधनका साथै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायक लगायत १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन्।

प्रदर्शनी ३ लाख वर्गफुट क्षेत्रमा फैलिएको छ भने प्रदर्शनी क्षेत्रफल मात्रै १ लाख ६२ हजार ५ सय वर्गफुट रहेको छ। आयोजकले एक लाखभन्दा बढी आगन्तुकको उपस्थितिको अपेक्षा राखेको छ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड तथा ३५ कम्पनीका अटो पार्ट्स र सहायक सेवाहरू समेत प्रदर्शित हुनेछन्।