स्याङ्जामा अवैध नदी उत्खननमा संलग्न जेसिबि नियन्त्रणमा


काठमाडाैँ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ६ मिर्दीस्थित नदी क्षेत्रमा अवैधरुपमा नदिजन्य पदार्थ उत्खननमा संलग्न एउटा जेसीबि लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार भदौ २ गते अवैध उत्खनन भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले उत्खननमा संलग्न रहेर काम गरिरहेको प्र. ३–०१००३ क. ६६६५ नम्बरको जेसिबिलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको जेसिबिलाई आवश्यक कारबाहीका लागि वालिङ नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। यसअघि पनि नदिजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण गर्न प्रहरी र स्थानीय तहले संयुक्त रूपमा निगरानी गर्दै आएका छन्।