प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिने


काठमाडाैँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् ।

साथै, उनले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ ।