स्याङ्जा । स्याङ्जा प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सामान बरामद गरेको छ।
गत भदाै २ गते बेलुकी करिब ७:३० बजेको समयमा फेदिखोला गाउँपालिका–२, फेदिखोला प्रहरी बिटअगाडि नियमित सवारी चेकजाँचका क्रममा बेलहियाबाट पोखरा जाँदै गरेको ग १ ख २१४४ नम्बरको यात्रुवाहक बसबाट बिल नभएका ६६ जोडी जुत्ता बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। बरामद गरिएको जुत्ताको मूल्य करिब ९९ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।
सोही बसका सहचालक, स्याङ्जाको चापाकोट नगरपालिका–१ निवासी १९ वर्षीय सुगम रेग्मीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न जैथरीले जानकारी दिए।
बरामद सामान तथा नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्