घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक हजार ६०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९५ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार एक हजार ६०० रूपैयाँले घटेर एक लाख ९३ हजार ५०० रूपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले घटेर २ हजार २५५ रूपैयाँ कायम भएको छ ।