‘सौर्य एयरलाइन्स दुर्घटनाबारे अध्ययनका लागि गठित छानबिन आयोगको प्रतिवेदन निष्पक्ष छैन, न्यायिक छानबिन जरुरी’


काठमाडाैँ । नेकपा एमाले सांसद रघुवीर महासेठले सौर्य एयरलाइन्स दुर्घटनाको छानबिनका लागि न्यायिक छानबिनको जरुरी रहेको बताएका छन् ।

२०८१ साल साउन ९ गते बुधवार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा.सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल सदस्यसहितको आयोग गठन गरेको थियो ।

छानबिनको प्रतिवेदन विवादित रहेको र सम्बन्धित विमान कम्पनीलाई बचाउन सकभर कोशिस गरिएको देखिएकाले न्यायिक छानबिनको माग गरे। उक्त प्रतिवेदनलाई निष्पक्ष मान्न नसकिने जिकिर उनको छ ।

अहिलेसम्म नेपालमा हवाई दुर्घटनाहरु धेरै भएपनि फौजदारी मुद्दामा प्रवेश नगरेको तर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबाट नै समितिले सरकारलाई फौजदारी मुद्दामा अघि बढ्न निर्देशन दिनुपर्ने माग गरे।  सांसद महासेठले समितिबाट कारबाहीको लागि माग गर्नुपर्ने बताए ।