मुक्तिनाथ क्यापिटलले संस्थापक समूहका सेयर बिक्री गर्ने,कुनकुन कम्पनीबाट बाहिरिदैछ ?


काठमाडौँ । मुक्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका सेयर बिक्री गर्ने भएको छ ।

मुक्तिनाथ क्यापिटलले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि जम्मा ४ लाख ४ सय ४० कित्ता सेयर बोलपत्र प्रक्रियामार्फत बिक्री आव्हान गरेको छ ।

मुक्तिनाथ क्यापिटलले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३ सय ७२ कित्ताको न्यूनतम मूल्य रु.३०० र न्यूनतम आवेदन ५,००० कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ६५ कित्ताको न्यूनतम मूल्य रु.३७५ र न्यूनतम आवेदन ५,००० कित्ताको बोलपत्र आव्हान गरेको छ ।

यस्तै कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ हजार ९ सय ६८ कित्ताको न्यूनतम मूल्य रु.३३० र न्यूनतम आवेदन १,००० कित्ता तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको १ हजार ३ सय १५ कित्ताको न्यूनतम मूल्य रु.१०० र न्यूनतम आवेदन १,३१५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

प्राप्त बोलपत्रहरू २०८२ साल भाद्र २५ गते बिहान ११ः०० बजे कार्यालयमा खोलिने कम्पनीले जनाएको छ ।

शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक शेयरधनीहरूलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका सेयरहरू उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदाताहरूलाई बिक्री गरिनेछ मुक्तिनाथ क्यापिटलले जनाएको छ ।