काठमाडाैँ । रक्षामन्त्री मानवीर राईले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनालाई तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।
रक्षा मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को प्रगतिसमीक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले आयोजनाको कामलाई तीव्र गतिमा अघि बढाउन जोड दिएका हुन्।
मन्त्री राईका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म द्रुतमार्गको समष्टिगत प्रगति ४२.१३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको लक्ष्यको तुलनामा प्रगति ६७ प्रतिशतले वृद्धि भएको समेत उहाँले उल्लेख गर्नुभयो। काठमाडौँ–तराई–मधेस द्रुतमार्ग निर्माणको समयसीमा २०८३ साल चैत्र मसान्तसम्म तोकिएको छ।
“आर्थिक वर्ष २०८१/८२ मा द्रुतमार्ग आयोजनाले अघिल्लो वर्षको लक्ष्यभन्दा ६७ प्रतिशतले प्रगति हासिल गरेको छ। तर, निर्धारित म्यादभित्र काम सम्पन्न गर्न यस आर्थिक वर्षमा अझ कडा मेहनत आवश्यक छ,”मन्त्री राईले बैठकमा भने।
उनले आयोजना प्रमुखदेखि सम्बन्धित निकायका प्रमुखसम्म सबैको गम्भीर ध्यानाकर्षण गराउँदै नेपाली सेनाले निर्माणमा देखाएको समर्पणप्रति धन्यवादसमेत व्यक्त गरे ।
मन्त्री राईले कतिपय आयोजनामा बजेटको सीमितताले नेपाली सेनालाई समयमै काम सम्पन्न गर्न कठिनाइ हुने देखिएको जानकारी दिए । तर, सेनाद्वारा सञ्चालित अन्य सडक, करिडोर र विकास निर्माणका काम लक्ष्यअनुसारै अघि बढेको र विपद्पछिको प्रतिकार्य, राहत तथा उद्धारमा सेनाको भूमिका प्रशंसनीय रहेको पनि उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्